अपडेट 
२०७७ असार १, सोमबार ०९:५०

लहान । रुकुम लगायत देशका विभिन्न ठाउँमा भएका दलितहरुको हत्यारालाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन गरिएको छ ।

रुकुममा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सामूहिक हत्या र धनुषामा प्रहरी हिरासतमै भएको शम्भु सदाका हत्यारालाई कार्वाही माग गर्दै दलित संघर्ष समिति सिरहाले गोलबजारमा आइतबार अपरान्ह विरोध प्रर्दशन भएको हो ।

प्रदर्शनपछि भएको कोणसभामा दलित अगुवा दिल्ले मिझारले लकडाउनकै अवधिमा दलितहरुमाथि देशभरी श्रृब्खलावद्ध हत्याभएको घटनामा सरकार उदासिन भएको भन्दै सरकारले हत्यामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरे ।

उनले नवराजवि।क। सहित ६ जना, धनुषाका शम्भु सदा र देशका अन्य ठाउँमा गरी यो अवधिमा ८ जना दलितहरुको हत्या भएको बताए ।हत्या भएका सबैलाई शहिद घोषणाको माग गरे । सोही क्रममा डा। दिलिप कुमार सदायले दलितहरुमाथि दिनानु दिन बढिरहेको घटनाले दलितहरुलाई आक्रोशित बनाएको बताए ।

हत्यामा संलग्न भएकाहरुलाई तुरुन्त कार्वाही नगरे दलितहरु चुप लागेर बस्न नसक्ने सदाले बताए । उनले भने,हत्या भईरहने र दलितहरु अव चुप चाप टुलु टुलु हेरेर बस्न सक्दैनौं, हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’ दलित अगुवा उमेश बरालको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गत जेठ १० गते रुकुममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

त्यसैगरी ५ दिन अगाडि जेठ २८ गते धनुषाको सबैला नगरपालिका १२ का २२ वर्षिय शम्भु सदाको प्रहरी हिरासतमा हत्या गरेर पासो लगाए आन्दोलनकारीहरुले आरोप लगाएको छ ।

Comment


Related News

Latest News

Trending News