अपडेट 
२०७७ असार १, सोमबार १०:०८

काठमाण्डु ।कोरोना भाइरस संक्रमितको संख्यामा नेपालमा आइतवार थप ४ सय २५ जनामा संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ४ सय २५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । नयाँ संक्रमितमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन् ।हाल सम्म कोरोना भाइरस संक्रमितको एकै दिन फेला परेको यो संख्या नै उच्च रहेकोछ ।एकै दिनमा यस अघि पुष्टि भएको संख्या ४ सय भन्दा कमै थियो ।

मन्त्रालयका अनुसार आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जना निको भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले जनाए । योसहित निको हुनेको संख्या ९ सय ७४ पुगेको छ । जसमध्ये ८ सय ७७ जना पुरुष र ९७ जना महिला रहेका छन्।नयाँ डिस्चार्ज हुनेमा ५५ जना पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ ।गौतमका अनुसार रेड जोनमा ४ सय ५८ जना रहेका छन् ।

मन्त्रालयले जनाए अनुसार हाल सम्म पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ र आरडीटी विधिबाट २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८९ र आरडीटी विधिबाट २० हजार १ सय ३९ जनाको नमुना परीक्षण गरिएको छ ।

देशभरि नै पीसीआरका लागि किटको चरम अभाव देखिएको छ ।संकलित स्वाबहरुको परिक्षणमा समेत ढिलाई भैरहेकाले क्वारेन्टाइनमा रहेका मानिसहरु भाग्न थालेका छन् ।समयमै परीक्षण नहुँदा क्वारेन्टाइनमा संक्रमण फैलिने गरेको बताइन्छ ।

अब सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई पीसीआर टेस्टका नमुनाहरु अब आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ गौतमले भने, यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना संकलन भएका छन् ।नमुना धेरै संकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न थालेको छ ।

त्यस्तै विदेश जानका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि तीनवटा अस्पतालमा नमुना संकलन गरिने जनाउँदै गौतमले भने, काठमाण्डुंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुनेछ ।

प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन् । यसैगरि आइसोलेसनमा ४ हजार ७ सय ६८ जना रहेका रहेको मन्त्रालयले जनाएकोछ ।

Comment


Related News

Latest News

Trending News