अपडेट 
२०७७ असार १, सोमबार १२:२०

महोत्तरी ।बिश्व रकतदाता दिवसको अवसरमा आज कोरोना महामारीको समयमा कोरोना नियन्त्रण तथा रोकथामको लागी युवा अभियान अन्तर्गत रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ महोत्तरीको गौशालामा ५९ जनाले रक्तदान गरेका छन ।

महोत्तरी युवा संजालले यस महामारीको समयमा विभिन्न जनचेतना कार्यक्रम गर्दै आएका छन भने वर्तमान परिवेशमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ यो कार्यक्रमको सहकार्य गरिएको महोत्तरी युवा संजालका अध्यक्ष चुडामणि यादवले बताएका छन ।

महोत्तरी र गौशालाका युवाहरुले गरिएको कार्यले यहाँका आमजनमानसमा थप उर्जा मिल्ने गौशाला नगरपालिकाकी उप प्रमुख आशा लामाले बताईन ।

गौशाला युवा संजालले महोत्तरी युवा संजाल को सह्कार्य्मा विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमकाबीच ५९ सो संख्यामा रक्तदान गरेका छन गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित सो रक्तदान कार्यक्रमको शुभाराम्भ वडा नं. ४ का वडाअध्यक्ष रामबाबु साहद्धारा गरेका थिए ।

विहान १० बजेदेखि शुरु भएको सो रक्तदान कार्यक्रममा जनप्रतिनिधी, चिकित्सक, युवा युवती, समाजसेवी, वुद्धिजिवी, नागरिक समाज, संचारकर्मी लगायतका व्यक्तिहरुले रक्तदान गरिएको कार्यक्रम संयोजक रश्मीश्री सिंहले बताईन ।

कार्यक्रमकाबीच संजालले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए भने महोत्तरी युवा सनाजल को सम्पुर्ण टिम को उपस्तिथि थियो ।

Comment


Related News

Latest News

Trending News