अपडेट 
२०७७ असार २, मंगलवार ०९:०६

जनकपुरधाम । धनुषा जिल्लाको सबैला इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेलापरेका शम्भु सदाको मुद्दा सोमवार जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा दर्ता भएकोछ ।

जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा मुुुद्दा दर्ता गराइएको बौएलाल माझीले जनाए ।

माझीका अनुसार मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाका तत्कालिन प्रहरी निरीक्षक(इन्सपेक्टर) चन्द्र भुषण यादव समेतमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएकोछ ।

सरकारी वकिलको कार्यालयबाट घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन दिइनेछ ।जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानगरि दिने प्रतिवेदनको अधारमा मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिलको कार्यालयबाट हुनेछ ।

दलित अगुवाहरुको सोमवार भएको भेलाले चन्देश्वर दासको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन गरिएकोछ । ‘समितिको बैठकले शवको पोष्टमार्टम र संघर्षको सम्बन्धमा निर्णय गर्नेछ’ माझीले भने, यस सम्बन्धमा मंगलवार हुने निर्णय अनुसार कार्यक्रम अगाडी बढनेछ ।

सदाको शव पोष्टमार्टम हुन नसक्दा गन्हाउन थालेकोछ ।सदाको शव पोष्टमार्टम घरमा बाहिर नै राखिएकाले ७ दिनमा कुहिएर किरा पर्न थालेकोछ ।सदाको शव राखिएको प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा.नागेन्द्र यादवका अनुसार सोमवार पोष्टमार्टम नभए फ्रिजमा राखिने बताए ।

प्रहरी हिरासतमा सदाको हत्या गरिएको आरोप लगाउँदै पीडित पक्षले दर्ता गराउन खोजेको किटानी जाहेरी लिन प्रहरीले अस्वीकार गरेको भन्दै पोष्टमार्टम गराइएको छैन् ।

पीडित परिवारले इलाका प्रहरी कार्यालयका इञ्चार्ज इन्सपेक्टर चन्द्रभुषण यादव सहित ४ जनामाथि शम्भु सदाको हत्याको अभियोगमा किटानी जाहेरी दिन चाहेपनि प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि मृत्यु भएको ७ दिन बितिसक्दापनि पोष्टमार्टम हुन सकेको छैन् ।

सबैला नगरपालिका– १२ बरकुर्वाका सदा थुनुवा कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मंगलबार राति फेला परेका थिए ।उनको मृत शरीरलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि सोमवारसम्म पोष्टमार्टम हुन सकेको छैन् ।

थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भुले आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । तर मृतक परिवार, स्थानीय र मुसहर समुदायले शम्भुको थुनुवा कक्षभित्रै हत्या गरिएको आरोप लगाउदै आएका छन् ।

मुसहर समुदायले उनको हत्या गरिएको भन्दै दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै दिनहुँ जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले नगरमा प्रहरी बिरुद्ध नाराबाजीगर्दै प्रहरी कार्यालय अगाडीपनि प्रदर्शनगर्दै आएका छन् ।

उनीहरुले शम्भुको हत्या गर्नेलाई कार्वाही, उनको परिवारको भरणपोषण र एक जनालाई रोजगारी नदिइए चरणबद्व आन्दोलन गर्ने बताउँदै आएकाछन् ।

सबैला नगरपालिकाका मेयर विजय शंकर साहले दलितहरुले अगुवाई गरिरहेको जनाउँदै भने, पोष्टमार्टम समयमै हुन नसक्दा सत्यतथ्य आउन कठिन हुन सक्छ ।उनले पोष्टमार्टम गराएर संघर्षलाई अगाडी बढाउन सुझाव दिए ।

प्रहरीलेपनि पोष्टमार्टम गराएपछि जाहेरी लिने बताउँदै आएकोछ ।धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले घटनाको अनुसन्धानका लागि पोष्टमार्टम रिर्पोट आवश्यक भएको बताए ।

Comment


Related News

Latest News

Trending News