अपडेट 
२०७७ असार २, मंगलवार १९:१९

काठमाण्डु ।जवाफदेहिता निगरानी समितिले क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनाको यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी पीडकलाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय तथा परिपूरण उपलब्ध गराउन आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसार्इँले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकार समक्ष उक्त आग्रह गरेको हो

समितिले भविष्यमा यस प्रकृतिका घटनाहरु नदोहोरिने सुनिश्चित गर्दै क्वारेन्टिन तथा आइसोलेशनमा लैङ्गिक समानता तथा सामाजिक समावेशी मापदण्ड बनाई लागू गर्न, सम्पूर्ण क्वारेन्टिन तथा आइसोलेशनलाई व्यवस्थित, सुरक्षित र सुविधा सम्पन्न बनाउन माग गरेको छ ।

कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा शनिबार सामूहिक बलात्कार भएको थियो । विश्वमा कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको अवस्थामा सुरक्षा र संरक्षणका लागि आफ्नो देश सम्झिएर नेपाल फर्किएकी चेलीलाई संरक्षण, सुरक्षा तथा अविभावकत्व प्रदान गर्नुपर्नेमा कमजोर व्यवस्थापनका कारण घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनएिको छ, ‘क्वारेन्टिनको व्यवस्थापन अत्यन्त कमजोर भएको, खुल्ला चउरमा सुत्नुपर्ने, चुकुल नभएको ढोका भएको, एउटै कोठामा धेरै जनालाई राख्ने गरिएको, एउटै शौचालय प्रयोग गर्नुपर्ने, खाना तथा शुद्ध पिउने पानीको अभाव रहेको, यौैन हिंसा हुने गरेको, महिला तथा बालिकाहरु उच्च जोखिममा रहेका छन् ।”

Comment


Related News

Latest News

Trending News