अपडेट 
२०७७ असार ३, बुधबार ०८:५१

जनकपुरधाम । प्रहरी हिरासतमा मृत्‍यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीका प्रतिनिधीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको अनुगमन समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिका संयोजक साहले मृतकको घर, इलाका प्रहरी कार्यालय सबैला, घट्नामा मुछिएका व्यक्तिहरुको स्थानमा गई स्थलगत अध्ययन गरेको जानकारी दिए ।

प्रतिवेदनमा ट्याक्टर दुर्घटनाका बेला शम्भु सदाले लाइसेन्स नभएको लेबरलाई ट्याक्टर चलाउन दिएर दुर्घटना गराएको आरोप लगाउँदै प्रहरीले सदालाई बारम्बार शारीरिक र मानसिक यातना दिएको देखिएको उल्लेख गरिएको छ ।

यो यातना दिदैं प्रहरीले सदासँग पैसा माग गरेको र सदाले पैसा दिन नसक्दा मृतक र गाडी मालिकबीच सहमति भइसकेको राति पैसा माग्दै यातना दिने क्रममा शम्भुको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।

शम्भुको मृत्युपछि प्रहरीले शौचालयमा लगेर झुण्ड्याएको र शौचालयको गेटमाथि खाली रहेको भागबाट हात वा व्यक्ति पसेर शौचालयको भित्रको चुकुल लगाएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

Comment


Related News

Latest News

Trending News