अपडेट 
२०७७ असार ३, बुधबार ०८:५९

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । थनिेमा ७ जना महिला पनि छन् ।

थपिएका १ सय ८५ जनासँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सप्तरीमा ३ जना, सिराहामा २ जना, धनुषामा २१ जना, महोत्तरीमा ८९ जना, सर्लाहीमा १६ जना, रौतहटमा ५२ जना र पर्सामा २ जना पुरुष संक्रमित देखिएका छन् ।

महोत्तरीको मठियानी नगरपालिकाका १३ वर्षीय एक बालक, १९ देखि ५१ वर्षसम्मका ५ जना पुरुष, महोत्तरीकै लोहारपट्टी नगरपालिकाका २६ र २७ वर्षका २ जना पुरुष, औरही नगरपालिकाकी २८ वर्षीया एक महिला, औरहीकै १८ देखि ४० वर्षसम्मका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, रौतहटको यमुनामाई नगरपालिकाका १५ देखि ४० वर्ष उमेर समूहका ५ जना पुरुष, बौधीमाई नगरपालिकाका ८ र १२ वर्षीया दुई जना बालिका, सोही नगरपालिकाका १८ वर्षीया एक किशोरी र २८ वर्षीया २ जना महिला, बौधीमाईकै १९ देखि ६० वर्षसम्म १५ जना पुरुष, १ देखि १८ वर्ष उमेर समूहका १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पर्सामा वीरगञ्ज उपमहानगरपालिकाका २३ र ३१ वर्षका पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सप्तरीका ३ जना, सिराहाका २ जना, महोत्तरीका ७२ जना, सर्लाही १६ जना, रौतहटका १४ जना र धनुषाका २१ जना संक्रमितको थप विवरण आउन बाँकी छ ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ जना महिला सहित २८ जना कोरोना संक्रमित उपचारपछि निको भएर आ–आफ्नो घर गएका छन् ।

सिराहा अस्पताल अन्तर्गतको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालबाट ६ जना, सर्लाहीको फरहदवा स्वास्थ्य चौकी आइसोलेसनबाट १ जना महिला, रौतहटको चपुर अस्पताल आइसोलेसनबाट ५ जना पुरुष डिस्चार्ज भएका छन् ।

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालबाट ३ जना पुरुष र सप्तरी गजेन्द्र नारायाण सिंह सगरमाथा अस्पाताल अन्तर्गतको साईकृष्ण कोभिड अस्पताल आइसोलेसनबाट १३ जना पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News