अपडेट 
२०७७ असार ३, बुधबार ०९:२०

काठमाण्डु ।कोरोना भाइरसको संक्रमणबाट नेपालमा मंगलवार दिउँसो सम्म थप ३ सय ८० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

योसँगै देशमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । मन्त्रालयका अनुसार मंगलबार १ सय १७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १ सय ९ पुरुष छन् । योसँगै १ हजार १ सय ५८ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए अनुसार मंगलवार सबैभन्दा बढी संक्रमित प्रदेश २ को महोत्तरी जिल्लामा ८९ जना थपिएका छन् । त्यसैगरि दाङमा ५६ जना , रौतहटमा ५२ जना, कैलालीमा २३ जना, बैतडीमा २१ जना, धनुषामा २१ जना, डोटीमा २० जना , सर्लाहीमा १६ जना , कञ्चनपुरमा ११ जना र गोरखामा १० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अर्घाखाँची र बर्दियामा ९÷९ जना, दैलेखमा ५, रुपन्देही, स्याङ्जा र सुर्खेतमा ४÷४ जना, नवलपुर, कास्की र सप्तरीमा ३÷३ जना, सुनसरी, सिराहा, पर्सा र तनहुँमा २÷२ जना तथा काठमाण्डु, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछाममा १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका क्वारेन्टिनमा अहिले १ लाख ३७ हजार १ सय ४९ जना रहेको मन्त्रालयले जनाएकोछ ।यस्तै आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

अहिलेसम्म नेपालमा १ लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । २ लाख २३ हजार ५ सय १९ जनाको आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएकोछ ।

यसैबीच प्रदेश २ मा मंगलवार कोरोना भाइरस संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेकोछ ।समाजिक विकास मन्त्रालयका अनुसार १० हजार २ सय २८ स्वाब परीक्षण हुन अझै बाँकी नै छ ।

जिल्लागत रुपमा प्रदेश २ को रौतहटमा सबै भन्दा बढी ८ सय ९४, सर्लाहीमा ५ सय २७, महोत्तरीमा ३ सय ७, धनुषामा १ सय ८५, पर्सामा १ सय ५३, सप्तरीमा १ सय ३२, बारामा ९६ र सिरहामा ७० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

स्वाब संकलनमा अहिले रौतहट जिल्लालाई प्राथमिकतामा राखिएकोछ ।मंगलवार ८ सय ९ स्वाब रौतहटमा र ३ सय १स्वाब सर्लाहीमा संकलन गरिएकोछ ।धनुषा र सिरहा जिल्लामा स्वाब संकलन गरिएको छैन् ।महोत्तरीमा ३८ र सप्तरीम ा६३ स्वाब संकलन गरिएको मन्त्रालयले जनाएकोछ ।त्यसैगरि पर्सामा ३ सय र बारामा ७९ स्वाब सकंलन भएकोछ ।

प्रदेश २ मा १२ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा र १४ हजार ५ सय ७९ जना होम क्वारेन्टाइनमा रहेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

देशमा मंगलवार सम्म कुल १ हजार १ सय ५८ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएकोमा प्रदेश २ मा ५ सय ६ जना निको भएर घर फर्केका छन् ।

Comment


Related News

Latest News

Trending News