अपडेट 
२०७७ असार ३, बुधबार ०९:२९

काठमाण्डु ।समाजवादी पाटी र राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)मा राजपाको रोग सरेकोछ ।

दुवै दल एकिकृत भएर बनाएको जसपा निर्वाचन आयोगमा दर्ता भएपनि तत्कालिन राजपा अध्यक्ष मण्डलका दुई जना सदस्य राजकिसोर यादव र अनिल कुमार झाले सहमतिमा अझै हस्ताक्षर गरेका छैनन् ।

पार्टी एकिकणको क्रममा हालको ५३ सदस्यीय केन्द्रिय समितिमा दुवै दलबीच भएको बाँडफाँडमा यादव र झालाई पूर्ण रुपमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र राजेन्द्र महतोले उपेक्षा गरेको आरोपछ ।

बाँडफाँडको क्रममा ठाकुरले १०, महतोले ८, महेन्द्र यादव र शरतसिह भण्डारीले ३÷३ सदस्य पाएपनि राजकिसोर यादव र अनिल कुमार झालाई १÷१सदस्य मात्र दिएकोछ ।त्यो कोटामा यादव र झालाई नै राखिएकोछ ।

जसपाकोबैठकमा यादव र झा सहभागि भएका छैनन् ।ठाकुरले आफ्ना सम्धी र आसेपासेहरुलाई राखेको आरोप असन्तुष्टहरुले लगाएका छन् ।उनी राजपाका पूर्व नेताहरुसित सम्पर्क र छलफल गरिरहेको बताइएकोछ ।समाजवादी पार्टीमा रहेका असन्तुष्टहरुसितपनि उनीहरु सम्पर्कमा रहेका छन् ।

तर जसपाको बैठकमा यादव र झाको असन्तुष्टिलाई सम्बोधन गर्न उपेन्द्र यादव र बाबुराम भट्टराइले दबाब बढाएपछि उनी अस्वस्थ्य भएको भन्दै बैठकबाट निस्केपछि फेरी बैठक डाकिएको छैन् ।यादव र ठाकुर जसपाको अध्यक्ष हुन् ।

ठाकुर राजपाको संयोजक भएको बखत आफ्ना सम्धीलाई महामन्त्री, सम्धीनीलाई केन्द्रिय सदस्य र आसेपासेहरुलाईपनि पदाधिकारीमा राखेका थिए ।त्यसबाट पार्टीमा उब्जिएको असन्तुष्टिले नै उनलाई संयोजकमा निरन्तरता नदिई २÷२ महिने चक्रिय प्रणालीमा पालैपालो ६ जना संयोजक हुने प्रावधान लागु गरिएको थियो ।

राजपाको पुरानो रोग ठाकुर र महतोले जसपामा पनि सारेको आरोप पार्टीका नेताहरुले लगाउँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)र नेपाली काँग्रेसको बैकल्पिक शक्ति जसपालाई बनाउन पारिवारिक र आसेपासे भन्दा नेताहरु माथि उठनु पर्ने बताए ।

Comment


Related News

Latest News

Trending News