अपडेट 
२०७७ असार ३, बुधबार २०:०७

महोत्तरी ।प्रदेश २ का महोत्तरी जिल्लाको सम्सी गाउँपालिकालाई सील गर्ने भएको छ । सम्सी गाउँपालिका स्थित बिभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमध्ये हालसम्म प्राप्त भएको रिपोर्टमध्ये २७३ जनामा कोरोना संक्रमण पुष्टि पछि गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको नगरप्रमुख मो. शेखथारुकले बताए ।

गाउँपालिकालाई आज बुधबार रातिको १२ देखि शनिबार रातिको १२ बजे सम्म सिल गर्ने जिल्लाका सूचना अधिकारी कामेश्वर यादवले बताए । लकडाउनको अवधिभर अत्यावश्यक सेवा जस्तै: औषधि पसल, एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, मृत्युसंस्कार बाहेक सम्पूर्ण क्रियाकलाप निषेध गर्ने भएको छ ।

सम्सीमा २७३ जना संक्रमित भेटाएपछि स्थानीयवासीहरु त्रसित भएका छन् ।

Comment


Related News

Latest News

Trending News