अपडेट 
२०७७ असार ४, बिहीबार ०८:५७

राजविराज । सप्तरीमा बुधबार सरकारबिरुद्व प्रदर्शन भएको छ । सदरमुकाम राजविराजमा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले कोरोना महामारीका समयमा पनि सरकार आफ्नै धुनमा अनियमिततामा लागेको भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

बिभिन्न क्याम्पस तथा कलेजमा अध्ययनरत विद्यार्थीले बुधबार स्वतःस्फूर्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘कुखुरी काँ, १० अर्ब खा, खै १० अर्ब ?, कोरोनाले खायो ? खोई कोरोना अदुवा लसुनले पचायो’ उल्लेख गरिएको प्लेकार्ड समेत बोकेका छन् ।

यस्तै, ‘नयाँ नक्साका लागि धन्यवाद सरकार, अब बढाऔं पिसिआर, क्वारेन्टिन व्यवस्थित गर, सरकारको सरोकार, कार्पेट कि पिसिआर ?’ सहितको नारा उल्लेख गरिएको प्लेकार्ड उनीहरुले बोकर प्रदर्शन गरेका छन् ।

स्थानीय राज रंगशालाबाट निकालिएको युवा, विद्यार्थीको प्लेकार्डसहितको जुलुस नगरको बिभिन्न भाग परिक्रमा गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News