अपडेट 
२०७७ असार ४, बिहीबार ०९:१८

जनकपुरधाम ।प्रदेश २ को अगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि विहिवारदेखि प्रदेश सभामा छलफल सुरु हुने भएकोछ ।

गत १ गते सोमवार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले प्रदेश सभामा अगामी वर्षको बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए अनुसार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएकोछ ।बजेटमाथिको छलफल प्रारम्भ हुनेछ ।प्रदेश सभामा प्रस्तुत हुने चरणमा रहेका अन्य विधेयकहरुपनि पेश हुने उनले बताए ।

आर्थिक मामिला मन्त्री यादवले प्रस्तुत गरेको ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको बजेट मध्ये चालु तर्फ १५ अर्व ४२ करोड २६ लाख ९८ हजार ( ४५.९५ प्रतिशत) र पुँजीगत तर्फ १७ अर्व ९७ करोड ८२ लाख ९१ हजार ( ५३.६७ प्रतिशत )र वित्तीय व्यवस्था तर्फ १६ करोड ( ०.४८) प्रतिशत रहेको छ ।प्रस्तुत बजेट १ अर्ब ऋणात्मक रहेकोछ ।

बजेटमा उल्लेख गरिए अनुसार आन्तरिक स्रोतबाट १२ अर्ब उठाउने लक्ष्य पुरा गर्नु चुनौतीपूर्ण रहेको अर्थविज्ञहरुले टिप्पणी गरकाछन् ।यद्यपी आर्थिक मामिला मन्त्री यादवले भने बजेट यथार्थपरक र लक्ष्यप्राप्त गर्न सक्ने रहेको दावी गरेका छन् ।

गत वर्षको तुलनामा बजेट ५ अर्बको हाराहारीमा कम रहेकोछ ।संघीय सरकारले ४ अर्ब भन्दा बढी बजेट कटौती गरेपछि प्रदेशको बजेट खुम्चिएकोछ ।

कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य र स्वरोजगारीका लागि बजेटले कृषिलाई प्राथमिकतामा राखेकोछ ।बजेटमा गत आर्थिक वर्षको बक्यौता भुक्तानीका लागि ८६ करोड ५० लाख विनियोजन गरिएकोछ ।

अगामी आर्थिक वर्षको बजेटले नीति तथा कार्यक्रममा उल्लेखित कयौं विषयहरुलाई समेटन सकेको छैन् ।त्यसमध्ये गौर राइस मिलको अधिग्रहणपनि हो ।

बक्यौता भुक्तानीका लागि सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारुढ दलका सभासदहरुले समेत अडान लिएका थिए ।जेठ ३२ गते नीति तथा कार्यक्रम पारित भएको थियो ।विपक्षीहरुले नीति तथा कार्यक्रम पास गर्न नसघाएपनि सत्तारुढ दलहरुकै सभासदको समर्थनमा पारित भएको थियो । असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत भएको थियो ।

प्रदेश सभाको अहिले चौथो अधिवेशन चलिरहेकोछ ।यस अघि तेस्रो अधिवेशनले गत वर्षको बजेट र हिउँदे अधिवेशनलाई खाएको थियो ।अन्य प्रदेशहरुमा छैठौ अधिवेशन चलिरहेकोछ ।

Comment


Related News

Latest News

Trending News