अपडेट 
२०७७ असार ४, बिहीबार ०९:२६

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा कोरोना भाइरस (कोभीड–१९)को संक्रमण पुष्टि भएकोछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ५ सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएका छन् । योसँगै देशमा कोेरोना भाइरस संक्रमितको संख्या बुधवार दिउँसो सम्म ७ हजार १ सय ७७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डुमा भएको स्वाब परीक्षणमा २ सय ६५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ११, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २७, नारायणी अस्पताल वीरगञ्जमा ६, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा ९९, त्रीवी शिक्षण अस्पताल महाराजगञ्जमा १,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा २०, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ५९, भेरी अस्पताल प्रयोगशालामा ३२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३३, प्रादेशिक अस्पताल सुर्खेतमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १४, सेती प्रादेशीक अस्पतालमा ७ गरी बुधबार कुल ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।संक्रमितहरु मध्ये े ४० जना महिला र ५सय ४६ जना पुरुष छन् ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ टेस्ट बुधवार सम्म भएको मन्त्रालयले जनाएकोछ । त्यसैगरि आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ जनाको टेस्ट गरिएको प्रवक्ता डा.गौतमले बताए । हाल सम्म १ हजार १ सय ६७ जनाले उपचार गराई निको भएर घर फर्केको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेकाछन् । प्रवक्ता डा.गौतमले ५ हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइराखेको बताए । कोरोना भाइरसको संक्रमणबाट बुधवार थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको हो । बाँकेकी ४६ वर्षीया महिलाको मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा.गौतमले जनाए । कोरोना संक्रमण ७३ जिल्लामा फैलिसकेको उनले बताए ।

यसैबीच प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाए अनुसार प्रदेशमा हाल सम्म संकलित ३४ हजार ९ सय ६७ स्वाब मध्ये परीक्षण भएको २४ हजार ८ सय ३ मा २ हजार ७ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार त्यस मध्ये २ जनाको मृत्यु भएकोछ ।१० हजार १ सय ६४ स्वाब टेस्ट हुन अझै बाँकी छ ।सिरहा र महोत्तरीमा बुधवारपनि स्वाब संकलन भएको छैन् ।

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा २ सय ७३ जना कोरोना भाइरस संक्रमित पुष्टि भएपछि जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले बुधवार राती १२ बजेदेखि लागु हुनेगरि ७२ घण्टाका लागि सबै नाकालाई सिल गरेकोछ ।तर अत्यावश्यक एम्बुलेन्स, औषधी पसल, स्वास्थ्य सेवा र मृत्यु संस्कार बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएकोछ ।

प्रदेश २ को रौतहट जिल्लामा मात्र १ हजार ५ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।सर्लाहीमा ५सय ३३, सर्लाहीमा ५ सय ७, धनुषामा २ सय ११, पर्सामा १ सय ५३, सप्तरीमा १ सय ३२, बारामा १ सय र सिरहामा ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।

प्रदेश २ को क्वारेन्टाइनमा १२ हजार ३ सय ३३, होम क्वारेन्टाइनमा १४ हजार ८ सय ३२ र आइसोलेशनमा ९ सय ३० जना रहेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

Comment


Related News

Latest News

Trending News