अपडेट 
२०७७ असार ४, बिहीबार ११:१५

कलैया । कोरोना महामारीको समयमा रगतको अभाव नहोस भन्ने उदेश्यका साथ बाराको कलैयामा बुधवार रक्तदान कार्यक्रम गरिएको छ ।

उधोग बाणिज्यको हलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपभोक्ता मंचको आयोजनामा भएको उक्त कार्यक्रम मा ३० जानाले रक्तदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पुरुषोतम पौडेलले रतmदान जीवनदान भएको हुदा रतmदान गर्नु आफैमा पुन्य काम भएको बताए ।रक्तदानले धेरैको ध्यान जोग्न सक्ने भएको हुदा यो काम निकै नै पुन्य भएको बताउदै पौडेलले यस्तो लक डाउनको अवस्थामा रक्तदान गराउने आयोजक संस्थालाई धन्यवाद समेत ब्यतm गरेका थिए ।

मंचका अध्यक्ष नरेश मोदकको अध्यक्षतामा सो रक्तदान कार्य सम्पन्न भएको थियो । प्राविधिक टोली ब्लड बैक गौरका डाकटर धर्मन्द्र सिहले सहयोग गरेका थियो

Comment


Related News

Latest News

Trending News