अपडेट 
२०७७ असार ४, बिहीबार ११:३४

रञ्जन यादव
जीतपुर ।
डिभिजन बन कार्यालय सिमरा बाराले ५० थान (२९ क्युफिट) काठ बुधबार बरामद गरेको छ । बन कार्यालबाट खटिएको गस्ती टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको गोठबाट २९ क्युफिट सालको काठ बरामद भएको हो ।

हलखोरीया सब डिभिजन बन कार्यालयको गस्ती टोलीले साईकलको ड्याम पछ्याउँदै जाँदा उक्त परिमाणको काठ बरामद गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिए ।

बरामद काठमा साल जातको एक थान काठको गोलिया ५.२१ क्युफिटको र ३९ थान चिरानको काठ ११ं.१४ क्युफिटको बरामद गरिएको छ । त्यस्तै कर्मा जातकोतीन थान काठको गोलया ११ क्युफिटको र चिरानको काठ साँत थान १.३६ क्युफिटको बरामद भएको डिभिजन बन कार्यालय बाराले जनाएको छ

Comment


Related News

Latest News

Trending News