अपडेट 
२०७७ असार ४, बिहीबार ११:५९

वीरगञ्ज । बन्दाबन्दी खुकुलो भएपछि विकास निर्माण कार्यहरुले तिब्रता पाएको छ । कोरोना रोग संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषण गरेको बन्दाबन्दीको कारण वार्षिक विकास निर्माण कार्यहरु रोकिएका थिए ।

आर्थिक बर्षको अन्तिम महिना भएको कारणले पनि बन्दाबन्दीबाट प्रभावित भएका विकास निर्माणहरुलाई संघीय,प्रदेश तथा स्थानिय सरकारहरुलाई अहिले निर्माण कार्य सम्पन्न गर्न चटारो लागेको छ । विरगन्ज महानगरपालिकाको वडा नम्बर २४ को बहुअरीमा निर्माण भइरहेकको सडक ढलान कार्यको बुधबार सिलान्यास गरे । प्रदेश सभासद कोषबाट ५० लाखको लागतमा निर्माण भइरहेको सडक ढलान कार्यलाई स्थानिय श्रीराम सडक निर्माण उपभोक्ता समितिले गरिरहेको छ ।

शिलान्यास कार्याक्रममा बोल्दै प्रदेश सभासद रमेश पटेलले गाउँदेखि सहरसम्मको सबै सडकहरुलाई पकि सडक बनाउने प्रदेस सरकारको मुख्य लक्ष्य रहेकोले आफुले विकास निर्माणलाई तिब्रता दिएको बताए ।

भौतिक विकासलाई जोड दिदै प्रदेशको जनताको जनजीवनलाई सहज बनाउन सकिने उनको भनाइ रहेको थियो । सडक ढलान कार्यक्रममा वडा नम्बर २४ का वडाध्यक्ष दशरथ पटेल,वडासदस्य रामकेश्वर कुशवाहा, उपभोक्ता समितिका शिवशंकर द्धिवेदी ,विरवल यादव,रामनाथ कुशवाहा,रामबाबु सर्राफ,सुग्रीम यादव,पवन पासवान, आसनेहा कुशवाहा लगायतका व्यक्तिहरुको उपस्थिती थियो ।

Comment


Related News

Latest News

Trending News