अपडेट 
२०७७ असार ४, बिहीबार २१:४३

काठमाण्डु । संघीय संसदका दुवै सदनले सर्वसम्मतले पारित गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रिय सभाले आजै पारित गरेर प्रतिनिधिसभामा पठाएको सो विधेयक सभामुख अग्नी सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भारतीय अतिक्रमणमा परेका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निसान छापमा राख्नका लागि गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरणका लागि आजै अपरान्ह सभामुख अग्नी सापकोटाले राष्ट्रपति कार्यालय पठाउनु भएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा ९१०० बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको उल्लेख छ ।

विधेयक राष्ट्रिय सभाबाट आज र प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो ।

Comment


Related News

Latest News

Trending News