अपडेट 
२०७७ असार ५, शुक्रबार ०८:५०

काठमाण्डु । नेपालमा कोरोना भाइरस (कोभीड–१९)को संक्रमण विहिबार एकै दिन ६ सय ७१ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ७१जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
पछिल्लो २४ घण्टामा पुष्टि भएको संख्या हाल सम्मकै उच्च रहेकोछ ।

योसँगै कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । बुधवार ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

बिहीबार थप दुई जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको प्रवक्ता गौतमले जनाए ।डा.गौतमका अनुसार योसँगै मृतकको संख्या २२ पुगेको छ ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ । अहिलेसम्म कोरोना भाइरस संक्रमितहरु मध्ये १ हजार १ सय ८६ जना उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएकोछ ।

प्रवक्ता गौतमका अनुसार हाल सम्म क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेकाछन् । मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । देशको ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।तराई , पहाड र हिमालमा कोरोना भाइरसका संक्रमितहरु रहेको पुष्टि भएकोछ ।

पछिल्लो तथ्यांक अनुसार प्रदेश २ र प्रदेश ५ मा सर्वाधिक कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।प्रदेश २ मा हाल सम्म २हजार ७ सय ८१ जनामा कोरोना भाइरसको संक्रमित देखिएकोछ ।संक्रमितको संख्या दिनहुँ बढने रिर्पोट आइरहँदा पीसीआर टेस्टमा व्यापक कमि भएकोछ ।

सिरहा जिल्लामा केहि दिनदेखि स्वाब संकलन नै गरिएकोछ ।विहिवार पर्सामा १ सय २२ र सप्तरीमा १सय१९, सर्लाहीमा ६४, बारामा ३८, महोत्तरीमा १७ र धनुषामा ४ जनाको स्वाब मात्र संकलन भएको छ ।सिरहा र रौतहट जिल्लामा स्वाब संकलन भएको छैन् ।

प्रदेश २ मा हाल सम्म संकलित ३५ हजार ३ सय ३१ स्वाब मध्ये अझै ७ हजार १ सय ६० स्वाबको नतिजा आउन बाँकीछ ।आरडीटी टेस्टपनि जारी रहेकोछ ।हाल सम्म १७ हजार ४५ जनाको आरडीटी विधिबाट टेस्ट गरिएकोमा ८ सय ५५ जनामा पोजिटिव देखिएकोछ ।

Comment


Related News

Latest News

Trending News