अपडेट 
२०७७ असार ५, शुक्रबार ०९:०५

सिरहा । औरही गाउंपालिका ५ मा प्रदेश २ का आर्थिक मामिला तथा योजना मंत्री विजय कुमार यादवको संसदीय कोषबाट पक्की सडक निर्माण सुरु भएको छ ।

विहिबार एक समारोहबीच सडक ढलान कार्यको शिलान्यास औरही ५ का वडाध्यक्ष दिलिप कुमार यादवले गरेका हुन् । औरहीको डिहबार थानदेखि ३९० मिटर सडक आरसिसि ढलानका लागि महेन्द्र महतोको अध्यक्षतामा उपभोक्ता समिति बनेको छ । सडक ढलान आठ इन्च मोटाई र ५ मिटर चौडाइमा गरिने समितिले जनाएको छ ।

मंत्री यादवले उक्त सडक ढलान गर्न आफ्नो संसदीय क्षेत्र विकास कोषबाट ५० लाख रुपैया उपलब्ध गराएका छन् । औरहीमा पहिलो पटक सडक ढलानका लागि मंत्री यादवले बजेट दिएको र काम सुरु भएपछि स्थानीय खुशी भएका छन् ।

वडाध्यक्ष यादवले स्टिमेट अनुसार गुणस्तरमा कुनै सम्झौता नगरी सडक ढलान हुने बताएका छन् । शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी औरही गापा अध्यक्ष शिवजी यादव, स्थानीय नेता बलिराम यादव, रामअशिष यादव, महेश यादव लगायतको उपस्थित रहेको थियो ।

यस्तै औरही गाउपालिका ५ स्थित हुलाकी सडकको बजरंग मन्दिरदेखि दक्षिणतर्फ जाने सडकमा पनि प्रदेश सरकारको बजेटबाट आरसिसि ढलान हुने भएको छ । सडक ढलानका लागि अहिले माटो र ग्राभेलको कार्य हुंदैछ ।

Comment


Related News