अपडेट 
२०७७ असार ६, शनिबार ०९:२४

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा छाना छाउँदै गरेको घर भत्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

वडा नम्बर ७ बस्ने कैलास साहको नयाँ बनाउदै गरेको घर खपडाले छाना छाउने क्रममा अचानक भत्किएको प्रहरीले जनाएको छ । घर भत्किँदा सोही ठाउँ निवपासी हुकुम सिंहकी ६५ बर्षीया पत्नी देवकली साहकोमृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको मलगंवास्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

घर भत्किँदा घरधनी कैलाश साहका बुवा ७० बर्षीय रामबरण साह, स्थानीय रोशन कापडकी ५ बर्षीया छोरी गुन्जना कुमारी र ३ बर्षीया छोरी जानुका घाइते भएको कुँवरले बताए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घर भत्किँदा रु १ लाख बराबरको क्षति भएको कुँवरले बताए ।

Comment


Related News

Latest News

Trending News