अपडेट 
२०७७ असार ६, शनिबार ०९:३२

सिरहा । सिरहा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भगवानपुर गाउँपालिका ३ अभयनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका ३ बस्ने २१ बर्षीय बली यादव र भारतको मधुबनी जिल्ला लल्मनिया ग्रामपञ्चायत बस्ने २० बर्षीय छोटु कुमार यादव छन् ।

उनीहरुले बोरामा लुकाई छिपाई ल्याउदै गरेको डाईलेक्स डिसी १ सय एमएलको ७० बोतल, नुर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजील्याब ३० एम्पुल बरामद भएको सिरहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान थालिएको घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News