अपडेट 
२०७७ असार ७, आईतवार ०९:१५

जनकपुरधाम । प्रदेश २ मा शनिवार दिउँसो सम्म ३ महिला र ३१ जना पुरुषगरी कुल ३४ जना ब्यक्तिहरुमा कोरोना भाईरस सक्रंमित भएको पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

जस अनुसार महोत्तरी जिल्लामा २४ जना, सर्लाही जिल्लामा २ जना, रौतहट जिल्लामा ५ जना र बारा जिल्लामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाकी ४५ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाकै १८ बर्षका २ जना किशोरमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । मटिहानी नगरपालिकाकै ४५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका १५ बर्षिय किशोर सहित १ देखि १९ बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाकी २८ बर्षिय महिला र ४४ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरी जिल्लाका गौशला नगरपालिकामा नै १९ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही जिल्लाको चकरघट्टा गाउँपालिकमा ३० बर्षिय महिला र ३० बर्षिय पुरुषगरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाको राजपुर नगरपालिकाकी १९ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिका ५५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लामा सिमरौनगढ नगरपालिकाका १८, १९ र ३८ बर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा संकलित ३६ हजार ७ सय ३५ स्वाब मध्ये ७ हजार ९ सय ८७ को परीक्षण हुन बाँकी छ ।आरडीटी विधिबाट १७ हजार ८ सय ७१ जनाको परीक्षण गरिएकोमा ९ सय ५ जनामा कोरोना पोजिटिव देखिएकोछ ।

प्रदेश २ मा हाल १० हजार २ सय ५३ जना क्वारेन्टिनमा र १७ हजार ६९ जना होम क्वारेन्टिनमा रहेकाछन् ।८ सय २१ जना आइसोलेशनमा राखिएको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार जनाए अनुसार संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए अनुसार हाल सम्म १ हजार ५ सय ७८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये १ सय ७६ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएको उनले जनाए ।

मन्त्रालयका अनुसार ७ हजार ४ सय १६ स्वाबको परीक्षण गर्दा ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै डोटीमा ६१ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पामा ३३ जना, नवलपुरमा ३२ जना, महोत्तरीमा २४ जना, तनहुँमा २३ जना , बाग्लुङमा २० जना , बैतडी र गुल्मीमा १८ जना, बाँकेमा १४ र डडेलुधरामा १२ जना कोरोना संक्रमित पुष्टि भएको डा.गौतमले जनाए ।


मन्त्रालयका अनुसार सर्लाहीमा ९ जना, मोरङ, प्युठान र धादिङमा ८÷८ जना, भक्तपुर, रौतहट र बर्दियामा ७÷७ जना, दाङ र बारामा ४÷४ जना, रामेछापमा ३ जना, सुनसरी र कैलालीमा २÷२ जना, काठमाण्डुमा झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिममा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


देशभरका २४ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाबहरुको परीक्षण भइरहेको मन्त्रालयले जनाएकोछ । डा.गौतमका अनुसार २४ घण्टामा ७ हजार ४ सय १६ नमुना परीक्षण भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।

हाल सम्म १ लाख ६९ हजार १ सय ६५ पीसीआर टेष्ट भएको छ । यस्तै २ लाख ५२ हजार ३सय आरडीटी भएको छ । हाल देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २ सय ४५ जना छन् ।

Comment


Related News

Latest News

Trending News