अपडेट 
२०७७ असार ८, सोमबार १०:१६

मलंगवा । सर्लाही जिल्लामा एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० बर्षीय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा फेला परेको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माले उनको दुबै खुट्टा र हात बाँधिएको अवस्थामा हत्या गरिएको अवस्थामा शव फेला परेको जानकारी दिए ।

सर्लाही प्रहरीका प्रबक्ता कुँवरले पनि उनको हत्या घरेलु हतियारको प्रयोग गरी भएको देखिएको बताए ।

उनको हत्या कसले र किन गरेको हो ? भन्ने सन्दर्भमा खुलिसकेको छैन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News