अपडेट 
२०७७ असार ९, मंगलवार ०८:५१

जनकपुरधाम । प्रदेश २ सरकारले खेतीको समयमा पनि किसानलाई मलका कारण समस्या भइरहेको भन्दै संघीय सरकारको ध्यानकर्षण गराएको छ ।

प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै मलको बारेमा संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

देशकै कुल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश २ मा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र अबको केहि दिनमा मनसुन आउने भएकाले रोपाइँका बेला पर्याप्त परिमाणमा डिएपी र युरिया चाहिने मन्त्रालयले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ ।

‘यो कुराको बोध संघीय सरकारलाई समेत भएको हुनुपर्ने कुरामा म विश्वस्त छु’ मन्त्री शैलेन्द्र साहले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, “देशमा बर्षेणी ७ लाख मेट्रिक टन मल आवश्यक रहकेमा ३ लाख मेट्रिक टन प्रदेश २ लाई मात्र चाहिने हुँदा मल आपूर्तिमा थप गम्भीरता अपनाउन आग्रह गर्दछु ।”

मन्त्री साहले मलको उपलब्धताका लागि मल कारखाना स्थापना गर्न पनि संघीय सरकारसँग आग्रह गरेको छ ।

प्रदेश २ मा धानबालीका लागि मात्र करिब १ लाख मेट्रिक टन मल आवश्यक रहेकाले अहिले संघ सरकारले प्रदेश २ लाई उपलब्ध गराउने मल पर्याप्त नहुने निश्चित रहेको जनाउँदै बिज्ञप्तीमा भनिएको छ, “रोपाइँपछि माथिबाट छर्कने बेला अझ बढी परिमाणमा मलको आवश्यक्ता हुन्छ । यस बिषयमा समेत हामीले संघ प्रशासनका सरोकारबालाहरुलाई अवगत गराएका छौं ।”

यसअघि संघ सरकारले बिभिन्न लटमा आपूर्ती गरेको मल प्रदेश २ मा कम मात्रामा आएको र अबको लटमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश २ मै खपत गराउने व्यवस्थाका लागि पनि बिज्ञीतीमा आग्रह गरिएको छ ।

‘डिएपी युरिया पोटास भण्डारण गरी बढी मूल्यमा बिक्री बितरण गर्नेहरुको पहिचान गरी किसानलाई निर्धारित मूल्यमा सरल ढँगले मल उपलब्ध गराउनका लागि संघीय गृह प्रशासनको गम्भीरता आवश्यक छ’ मन्त्री साहले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News