अपडेट 
२०७७ असार ९, मंगलवार ०८:१२

काठमाण्डु ।समाजवादी पार्टीले सांसद सरिता गिरिलाई स्पष्टीकरण लिने निर्णय गरेकोछ ।सोमवार बसेको पार्टी पदाधिकारी बैठकमा सांसद गिरिले पार्टीको अनुशासन विपरित कार्य गरेकाले स्पष्टीकरण सोधिने निर्णय भएको उपमहासचिव प्रकाश अधिकारीले जनाए ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सरकारले सार्वजनिक गरेपछि निरन्तर त्यसको बिरोधगर्दै आएकी सांसद गिरिलाई पदाधिकारी बैठकले स्पष्टिकरण लिने निर्णय गरेको अधिकारीले बताए ।

‘पार्टीको व्हिपलाई सांसद गिरिले उल्लंघन गरेकी छन्’ अधिकारीले भने, उनले चित्त बुझ्दो जवाफ नदिए पार्टीले कार्वाही अगाडी बढाउनेछ ।

संविधान संशोधनको पक्षमा सबै दलले सहमति जनाएपनि गिरि बैठक बाहिर निस्केर बिरोध प्रकट गरिन् ।तरपनि उनलाई कार्वाही गर्न नहुने पक्षमा पार्टीका सांसदहरु रहेका छन् ।

पार्टीको नीति विपरित गिरिले संसदमा संविधान संशोधन विधेयक बिरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

बैठकमा सांसद समेत रहेकी उपाध्यक्ष रेणु यादवले गिरिको बचाउ गरेकी थिइन् ।गिरिले दर्ता गराएकी संशोधन प्रस्तावलाई फिर्ता लिन पार्टीले दिएको लिखित निर्देशनलाई समेत उनले अवमानना गरेकी थिइन् ।

बैबाहिक नागरिकता सम्बन्धी ७ वर्षको प्रावधान बिरुद्ध सरकारको बिरोधमा तराईका जिल्लाहरुमा प्रदर्शन सशक्त बन्न थालेको बेला सांसद गिरिलाई कार्वाही गर्न नहुने समाजवादी पार्टीका कयौं सांसदले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

वर्तमान अवस्थामा सांसद गिरिलाई कार्वाही गर्नु पार्टीका लागि प्रत्युतपादक बन्न सक्ने उनीहरुले चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News