अपडेट 
२०७७ असार ९, मंगलवार ०८:५४

सप्तरी । सप्तरीमा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने स्थानीय तहमा अग्निसाइर कृष्णासावरण गाउँपालिका पहिलो बनेको छ ।

सोमबार छैंठौं गाउँ सभाको आयोजना गर्दै यो गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेको छ ।

सभामा गाउँपालिकाकी उपाध्यक्ष मीना चौधरीले नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरिन् ।

आ.ब. २०७७÷०७८ मा रु ४९ करोड २१ लख ४१ ह्जारको आय र व्यय प्रस्तुत गरिएको छ ।

आन्तरिक आम्दानी रु ५६ लाख ४० हजार, नेपाल सरकारको वित्तिय समानीकरणबाट रु १० करोड ३३ लाख, सशर्त अनुदान १६ करोड ७९ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान १ करोड, प्रदेश सरकार वित्तिय समानीकरण रु ७१ लख ६० हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदानतर्फ ३० लाख,समपुरक अनुदान २० लाख, सबारीसाधन करतर्फ ४६ लाख ७० हजार, सामाजिक सुरक्षा भत्ता रु ७ करोड, बहुक्षेत्रिय पोषण योजनातर्फ १३ लाख १८ हजार, नेपाल सरकारको राजस्व बाँडफाँडतर्फ ७ करोड ४१ लाख ६३ हजार अनुमान गरी कुल आय ४९ करोड २१ लाख ४१ हजार राखिएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार चालू खर्च ९ करोड २८ लाख, पूँजीगत खर्च १० करोड ७६ लाख ३३ हजार, वडातर्फको चालू खर्च ३० लाख त्यसैगरी बजेटको सिलिंग ४ करोड २० लाख सशर्त अनुदान १७ करोड ५९ लाख, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७ करोड तथा बहुक्षेत्रिय पोषण योजनातर्फ १२ लाख १८ हजार व्ययको अनुमान गरी प्रस्तुत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News