अपडेट 
२०७७ असार ९, मंगलवार २०:३०

काठमाण्डु । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई जनशक्ति अभाव भएपछि सरकारले कारागार तथा ठूला परियोजनामा खटिएका सशस्त्र प्रहरी कटौती गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिँदै आएको कारागार र ठूला परियोजनाहरूको सुरक्षामा खटिएका जनशक्तिलाई कटौती गर्दै सीमा सुरक्षामा पठाएको छ।

सरकारले हिमाली जिल्लामा र पहाडी जिल्लाको जनशक्तिलाई पनि सीमामा पठाएको बेला सशस्त्र प्रहरीले सुरक्षा जिम्मा लिएको कारागार र परियोजनाबाट झिकेर नेपाली सेनालाई जिम्मा दिएको छ।

गत जेठ २९ गते बसेको मन्त्रिपरिषदको बैठकपछि अहिले ३१ स्थानमा नेपली सेनाले सुरक्षा दिन थालेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विभिन्न ३१ स्थानमा सेनाले सुरक्षा जिम्मा लिएको हो।

उनका अनुसार सबै कार्यालयहरूमा सेना परिचालन गरिसकिएको छ। ‘सरकारको निर्णय अनुसार कारागारको सुरक्षार्थका लागि नेपाली सेना खटिएको छ, महत्वपूर्ण प्रतिष्ठान, आयोजना र कारागारकोे सुरक्षार्थ सेना खटाउने निर्णय आए लगत्तै सुरक्षाको जिम्मा लिएको छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी पाण्डेले भने।

सरकारले हिमाली जिल्लामा र पहाडी जिल्लाको जनशक्तिलाई पनि सीमामा पठाएको बेला सशस्त्र प्रहरीले सुरक्षा जिम्मा लिएको कारागार र परियोजनाबाट झिकेर नेपाली सेनालाई जिम्मा दिएको छ।

नेपाली सेनाका अनुसार झुम्का सुनसरीमा ४६ जना, जिल्ला कारागार मोरङमा २८ जना, अरुण एचपी हाइड्रोपावर संखुवासभामा २१ जना, जिल्ला कारागार पाँचथरमा २१ जना, जिल्ला कारागार इलाममा १५ जना परिचालन गरिएको छ।

त्यस्तै, चन्द्रगढी कारागार झापामा ८ जना, जिल्ला कारागार ताप्लेजुङमा १९ जना, मध्य भोटेकोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा ३५ जना, अपर तामाकोशी हाइड्रोपावरमा ५५ जना, सान्जेन हाइड्रोपावर रसुवामा १५ जना, भिमफेदी कारागार मकवानपुरमा ३७ जना, विरजञ्ज कारागारमा ३८ जना खटिएका छन्। त्यसैगरी सुपरमादी हाइड्रोपावरमा ३९ जना, जिल्ला कारागार रुकुममा २० जना, तुल्सीपर कारागारमा ४० जना, घोराही कारागार दाङमा ३० जना, जिल्ला कारागार रोल्पामा, २० जना परिचालन गरिएकाे छ।

यसैगरी जिल्ला कारागार पाल्पामा २६ जना, जिल्ला कारागार कपिलवस्तुमा ४० जना, झिमरुक जलविद्युत आयोजनामा ३१ जना, जिल्ला कारागार जुम्लामा १५ जना, जिल्ला कारागार अछाममा १५ जना, सापफेबगर एयरपोर्ट अछाममा ९ जना, सिलगढी कारागार डोटिमा १५ जना, जिल्ला कारागार डडेलधुरामा २४ जना, जिल्ला कारागार महेन्द्रनगरमा २४ जना, धनगढी कारागारमा ३५ जना, जिल्ला कारागार दार्चुलामा ११ जना, जिल्ला कारागार बझाङमा १४ जना र उपत्यकाको मुख्य आयोजनाका लागि २३ जना सेना खटिएका छन्।

सरकारले विस्तारै नख्खु कारागारबाट पनि सशस्त्र प्रहरीलाई निकालेर सेनालाई जिम्मा दिने तयारी गरेको छ। त्यसैगरी मुलुकका अन्य कारागारबाट पनि सशस्त्र प्रहरी झिकेर सीमा सुरक्षामा खटाउने तयारी भएको छ। सशस्त्र प्रहरीले औद्योगिक गुल्म, राजश्व र भन्सार गुल्मलाई झिकेर सबै जनशक्ति सीमामा केन्द्रीत गर्ने तयारी गरेको छ।

Comment


Related News

Latest News

Trending News