अपडेट 
२०७७ असार १०, बुधबार ०८:५०

जनकपुरधाम । विदेशबाट विवाह गरेर आउने महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानबिरुद्व प्रदेश २ मा लगातार आन्दोलन जारी छ । मंगलबार पनि प्रदेश २ का बिभिन्न जिल्लामा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले रोटी बेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, महिलामाथि विभेद, अत्याचार गर्न पाइँदैनजस्ता नारा लगाएका छन् ।

प्रदर्शनकारीले जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । यहाँ प्रदेश सांसद रामाशिष यादव समेतको सहभागितामा निकालिएको बिरोध ¥याली पश्चात स्थानीय जनक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।

राजविराजमा पनि प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । स्थानीय जनआन्दोलन चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झड्प समेत भएको थियो ।

महोत्तरी सदरमुकाम जलेश्वरमा पनि नागरिकता विधेयकबिरुद्व प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीको अगुवाईमा निकालिएको बिरोध ¥यालीमा नयाँ वैवाहिक अंगीकृत नागरिकता प्रावधान मान्दैनौं, रोटीबेटीको सम्बन्ध तोड्न पाइँदैन जस्ता नारा लगाइएको थियो ।

पर्साको बीरगंजमा जनता समाजवादी पार्टीकै नेता÷कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले ७ बर्षपछि दिइने नागरिकताको विधेयक खारेज हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News