अपडेट 
२०७७ असार १०, बुधबार ११:०७

जनकपुरधाम ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले हालै बहुमतबाट पारित गरेको नागरिकता सम्बन्धि विधेयकको बिरोधमा तराइमा प्रदर्शन चर्किन थालेकोछ ।

जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताहरुले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम लगायत विभिन्न जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरेका छन् ।विरोध कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरु सहभागि नभएपनि समर्थन भने जनाएका छन् ।

तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता रामचन्द्र झाले जनसख्या नियन्त्रण गर्न ७ वर्षिय प्रावधान उपयुक्त रहेको भन्दै विधेयकको बचाउ गरेका छन् ।

नागरिकता सम्बन्धी विधेयकको बिरोधगर्दै प्रदेश २ को सत्तारुढ दल जसपाका नेता कार्यकर्ताहरुले प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सडक जाम गरेर प्रदर्शन गरेका छन् ।जनकचोकमा विरोध प्रदर्शनगर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे ।

प्रदर्शन स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।नेपाल र सशस्त्र प्रहरी भारी संख्यामा तैनाथ रहेका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट हालै बहुमतले पारित गरिएको नागरिकता सम्बन्धि विधेयकमा विदेशी बुहारीले ७ वर्ष निरन्तर नेपालमा बसोबास गरे मात्र बैबाहिक अगीकृत नागरिकता पाउने प्रावधानछ ।

तर त्यसले नेपाल र भारतबीच रहेको बेटीरोटीको सम्बन्धलाइ बिगार्ने चिन्ता व्यक्तगर्दै बिन्दु यादवले हाल बैबाहिक नागरिकता सम्बन्धी रहेको कानुनलाइ नै निरन्तरता दिनु पर्ने बताउँछिन् ।‘नेपालमा राजनीतिक सहमतिबाट बनाइएको बैबाहिक अंगीकृत नागरिकतालाई नै निरन्तरता दिनुपर्छ’ उनले भनिन् , नेपालमा आउने विदेशी बुहारीसित विभेद गर्नु हुँदैन् ।

महिलाको हकमा विभेदकारी नागरिकता बनाएर सरकारले तराइ मधेशमा जनसख्या रोक्ने प्रयास गरेको विभा ठाकुरको आरोपछ ।‘तराई मधेशका बासिन्दाहरुको भारतमा र भारतीयको बिबाह नेपालमा हुने गरेकोछ’ उनले भनिन्, तर सरकारले तराईमा जनसंख्या बढने भयले ७ वर्षिय प्रावधान राखेकोछ ।

नेपालमा हाल रहेको नागरिकता सम्बन्धि कानुन अनुसार विदेशी बुहारीले बिबाहदर्ता गरी विदेशको नागरिकता परित्यागको कार्वाही थालेको प्रमाण पेशगरे लगतै बैबाहिक अगीकृत नागरिकता पाउने गरेकाछन् ।

७ वर्ष सम्म नागरिकता नदिने हालको सशोधन उपयुक्त रहेको दावी गर्दै नेकपाका केन्द्रिय सदस्य रामचन्द्र झाले सरकारको बचाउ गरेकाछन् ।‘विदेशी नागरिकलाई नरोकिए नेपालको मौलिकता नै समाप्त भएर अर्कै नेपाल बन्न सक्छ’ उनले भने, सरकारले नागरिकता विधेयकमा गरेको संशोधन अनुपयुक्त होइन् ।उनले विदेशी बुहारीलाई दिएको सुविधामा जागरि र अस्थायी राहदानीको सुविधा दिएर हाल देखिएको असन्तुष्टिलाई सरकारले शान्त गर्नुपर्ने उनले बताए ।

उनी भने आफै भारतीय नागरिक नरहेको प्रमाणित गर्न सर्वोच्च अदालतमा वर्षौ मुद्दा खेप्नु परेको थियो ।तर सो ही पार्टीका नेता मातृका प्रसाद यादव र प्रभु साहले विधेयकको बिरोध गरेका छन् ।

विधेयकको बिरोधमा नेपाली काँग्रेसपनि उभिएकोछ ।नेपालमा विदेशी बुहारी आउनेमा प्रमुख देश भारत नै रहेको छ ।नेपालमा भारतबाट आउने बुहारी र नेपालबाट भारतमा जाने चेली बीच संख्यात्मक अन्तर धेरै नरहेको बताइन्छ ।बैबाहिक सम्बन्धले जनसंख्या बढनेमा धेरैको विश्वास छैन् ।

Comment


Related News

Latest News

Trending News