अपडेट 
२०७७ असार ११, बिहीबार ०८:१८

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा रहेका एक युवकको चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको मृतकका परिवारले आरोप लगाएका छन् ।

धनुषाको हंसपुर नगरपालिका ७ प्रसाही निवासी राजु सदाको आइसोलेसनभित्रै मृत्यु भएको हो । १६ बर्षीय सदालाई पखाला लागेको र जीवन जल समेत नदिँदा उनको छटपटिएर मृत्यु भएको परिवारजनको आरोप छ ।

झण्डै १ बर्षअघि राजु पनि काम गर्न भारतको अहमदावाद छिरेका थिए । पछिल्लो पटक लकडाउन संक्रमण फैलिन नदिन भारतमा लगाइएको लकडाउनका कारण पेट पाल्न हम्मे–हम्मे भएपछि उनी एक साता हिंडेरै भएपनि गत जेठ ३ गते गाउँ फर्केपछि उनलाई क्वारेन्टिनमा राखिएको थियो ।

लामो समयसम्म उनी क्वारेन्टिनमा बसे । तर उनको न त स्वाब नै संकलन गरियो, नत समयमा खानाको व्यवस्था नै गरियो । भारतबाट गलेर थकित भएर आएका राजुको राम्रो हेरबिचार भएनन् । फलस्वरुप १७ दिनसम्म क्वारेन्टिनमा बस्दा उनलाई पखाला लाग्यो ।

पखाला लागेपछि उनलाई हेर्न कोहि आएनन् । जेठ २८ गते उनीसहित तीन जनालाई टिपरमा बसाएर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको गेटसम्म छाडिएको थियो ।

राजुलाई राखिएको कोठामा न त स्वास्थ्यकर्मी आउँथे न त हेर्नलाई कोहि । खाना भने दिने गरिन्थ्यो यहाँ । झाडापखालाले सिकिस्त हुँदै गएका उनलाई उपचारको आवश्यक्ता थियो । तर गरिएन् । कसैले एक पुडिया जीवन जल समेत नदिएको पचु बताउँछन् ।

एनको आइसोलेसनमै स्वाब संकलन गरियो । असार ८ गते रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

आइसोलेसन कक्षका प्रमुख डा. जामुन सिंह उनका लागि अस्पतालभरिका डाक्टरलाई बोलाएर देखाइएको बताए । डा. सिंहका अनुसार उनीमा इन्सेफ्लाइटिस भएको आशंका गरिएको छ ।

‘राजुको रगत जाँच गर्दा सोडियम ११७ आएको थियो । सोडियम यस्तो अवस्था आउनु भनेको क्रिटिकल अवस्था हो’ डा. सिंह भन्छन्, “हामी त्यत्ति बेला नै ३÷४ जना डाक्टरलाई बोलाएर छलफल ग¥यौं । शनिबार रातिदेखि छलफलका आधारमा उपचार पनि शुरु ग¥यौं ।”

उनका अनुसार इन्सेफ्लाइटिस भएको अवस्थामा बिरामी यसरी नै छट्पटाउँछन् ।

उनी भन्छन्, “हाम्रोतिर जापानिज र ब्याक्टेरियल इन्सेफ्लाइटिस देखापरेको र कुन इन्सेफ्लाइटिस थियो भन्ने कुराको जाँचबाट थाहा हुन सकन्थ्यो ।”

‘त्यस्तालाई बाँधेर राख्नुपर्छ या त बेहोसीको औषधि दिनुपर्छ’ उनी भन्छन्, “तर बेहोसीको औषधि दिने अवस्था थिएन् । किनभने रिपोर्ट आइसकेको थिएन् । यस्तो अवस्थामा बेहोस गर्दा भेन्टिलेटर थिएन् ।”

डा. सिंहले उनलाई लागेको पखाला भने यहाँ आएको २ दिनमै ठीक भइसकेको बताए ।

उनको परिवारको आरोप आफ्नो ठाउँमा होला उनी भन्छन्, “तर हामी अस्पतालभित्र के के गरेका छौं उनको परिवार यहाँ आएर हेरेका छैनन् । त्यहीं भएर आरोप लगाउन सक्छ ।”

परिवारजनले यो घट्नाको अनुसन्धान गर्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News