अपडेट 
२०७७ असार ११, बिहीबार ०८:२३

मलगंवा । सर्लाही प्रहरीको काम, कार्वाही अब नयाँ भवनबाट शुभारम्भ हुने भएको छ । सदरमुकाम मलंगवामा निर्मित नयाँ भवनको मंगलबार प्रहरी प्रमुख महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उद्घाटन गरेका छन् ।

नयाँ भवनको उद्घाटन गर्दै प्रहरी प्रमुख ज्ञवालीले प्रहरीलाई इमान्दार भएर काम गर्न निर्देशन दिए । उनले जनतालाई सुरक्षाको प्रत्याभूति हुने गरी जनतासँगै हातेमालो गरेर काम गर्नसपर्नेमा जोड् दिए ।

प्रहरीको नयाँ भवन कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाई, प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंह, सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेनाका पृतनापति जोनसेन खड्कासहितकाले मन्तव्य व्यक्त गर्दै शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News