अपडेट 
२०७७ असार ११, बिहीबार ०८:४२

काठमाण्डु ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार एकै दिन नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५ सय १९ पुरुष र १ सय १० महिला गरी कुल ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको प्रवक्ता गौतमले बताए । तीमध्ये १ हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष छन् । एकैदिन १ सय १४ जना डिस्चार्ज भएको प्रवक्ता डा गौतमले जनाए । तीमध्ये ८ महिला र १ सय ६ पुरुष छन् ।

योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ हजार ३ सय २८ पुगेको उनले बताए । तीमध्ये २ हजार ३५ पुरुष र १ सय ८९ महिला छन् ।

डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट ३ पुरुष रहेका छन् ।

यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का १ पुरुष र नवलपरासी (पश्चिम)का २ पुरुष, चितवनका ५ महिला र १३ पुरुष, कपिलवस्तुका १ महिला रहेका छन् ।

यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष, सुनसरीका १ महिला र ४ पुरुष तथा तेह्रथुमका १ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका १ पुरुष, धौलागिरि अस्पतला बाग्लुङका ४ पुरुष, गोरखा अस्पताल गोरखाबाट १ पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट ६ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म २ हजार ३ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तीमध्ये १ सय ९७ महिला र २ हजार १ सय ४१ पुरुष छन् । २४ घन्टा भित्र पीसीआर विधिबाट ६ हजार ८ सय २८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जनाए । उनले ७८ हजार ६ सय ३९ जना क्वारेन्टिनमा र ८ हजार ३ सय ६६ जना आइसोलेशनमा रहेको बताए ।

यसैबीच प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाए अनुसार हाल सम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार २ सय रहेकोछ ।कुल ४१ हजार १ सय ५१ स्वाब संकलन भएकोमा अझै ६ हजार ८ सय १६ को परीक्षण हुन बाँकी रहेकोछ ।बुधवार कुल ५ सय ५५ स्वाब मात्र संकलन भएकोछ ।सिरहा, सर्लाही, रौतहट र बारा जिल्लामा स्वाब संकलन भएको छैन् । प्रदेश २ मा १९ हजार १ सय ७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएकोछ ।

मन्त्रालयका अनुसार सप्तरीमा २ सय ५६, धनुषामा ८२, महोत्तरीमा १ सय १४ र पर्सामा १सय ३ स्वाब संकलन भएकोछ ।कोरोना भाइरस संक्रमितहरु मध्ये सर्वाधिक रौतहट जिल्लामा १ हजार १ सय ३५, सर्लाहीमा ६ सय २१, महोत्तरीमा ५ सय ५९, धनुषामा ३ सय ६, सप्तरीमा १ सय ६३, सिरहामा १ सय ५३, पर्सामा १सय ५३ र बारामा १ सय ७ जना रहेका छन् ।

प्रदेश २ मा रहेका ४ सय ५४ क्वारेन्टाइनको ३१ हजार ९ सय ६० बेड मध्ये ९ हजार १ सय ५ मा मानिस रहेका छन् ।समाजिक विकास मन्त्रालयका अनुसार ७ सय ९३ जना आइसोलेशनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News