अपडेट 
२०७७ असार ११, बिहीबार ०८:५१

जनकपुरधाम । प्रदेश २ मा कोरोनामुक्त हुनेको संख्या १ हजार बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २५ जना संक्रमित निको भएसँगै डिस्जार्च हुनेको संख्या १ हजार २ सय ३४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २१ जना महिला छन् ।

सबैभन्दा बढी संक्रमित रौतहटमा देखिएका छन् । रौतहटमा ४४ जना, धनुषामा २० जना, सर्लाहीमा २१ जना, महोत्तरीमा १२ र सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

रौतहटको लक्ष्मीनियाँ–५ स्थित श्री शंकर प्रावि आधारभूत विद्यालयको क्वारेन्टिका ६ जना महिलासहित २२ जना, ईशनाथ नगरपालिकाका ४ जना महिलासहित २२ जना, धनुषाको मिथिला नगरपालिकाका ३ वर्षिया एक जना बालिका, दुई जना युवती, ८ जना पुरुष, नगराइन नगरपालिकाका ७ जना र बटेश्वर गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

सर्लाहीको हरिपूर्वा नगरपालिकाका १ जना, विष्णु गाउँपालिकाका २ देखि २६ वर्ष समूहका ५ जना महिलासहित २० जना, महोत्तरीको गौशाला नगरपालिकाका ५, लोहरपट्टी नगरपालिकाका १ जना महिला र १ जना पुरुष, मनरा सिस्वा नगरपालिकाका १ महिलासहित ५ जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरीको बोदे बसाईन नगरपालिका वडा ३ र ५ का १ महिलासहित ४ जना, बिहुल बलान नगरपालिका–३ का २ जना पुरुषमा संक्रमण देखिएको छ ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ ।

Comment


Related News

Latest News

Trending News