अपडेट 
२०७७ असार ११, बिहीबार २०:४९

महोत्तरी । महोत्तरीको पिपरा गाँउपालिकाले दाईजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान योजना कार्यक्रम’ ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत दाइजोका कारण आफ्नो छोरीको विवाह गर्न नसक्नेलाई गाउँपालिकबाटै सामूहिक विवाहको कार्यक्रम राखेर छोरीहरुको विवाह गरिदिने नीति ल्याएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले प्रत्येक वडामा समान रुपले रु एक करोड ४० लाखका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार विदेशबाट फर्केर आउने युवालाई गाउँमै कृषि क्षेत्रमा चक्लाबन्दी खेती तथा बाँझो जग्गालाई खनजोत गरी कृषिकार्यमा लगाउन कृषि आधुनिकीकरण योजना ल्याएको छ ।

बुधबार सम्पन्न छैटौँ गाउँसभाले रु ४७ करोड २१ लाख ५८ हजार ६०० को बजेट प्रस्ताव गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News