अपडेट 
२०७७ असार १२, शुक्रबार १०:०९

राजेन्द्र यादव

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा बुधबार मध्यराति सम्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विपरित परि स्थितिमा पनि सबैलाई समेटेर नगरसभा सम्पन्न गर्न सफल भएका हुन् ।

नगरसभा सम्पन्न भएसँगै अनिर्णयको बन्दी बन्न लागेको जनकपुरधाममा विकास निर्माण कार्यले गति लिने विश्वास नगरबासीको छ । मेयर साहले आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै आउँदो आर्थिक वर्षमा विकास निर्माण कार्यले थप गति लिने विश्वास व्यक्त गरे ।

असन्तुष्टि र मनमुटावलाई निरुत्साहित गर्दै अघि बढ्ने उनले थपे । नगरबासीले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहोर्याउदै मेयर साहले उपमहानगरपालिका भित्र रहेको २५ वटै वडाको विकास आप्mनो जिम्मेवारी रहेको बताए ।

आर्थिक वर्ष २०७७÷०७८ को लागि एक अर्व ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।

जसमा चालुतर्पm एक अर्व आठ करोड ११ लाख ८६ हजार पाँच सय पचास र पुजिगततर्पm ५७ करोड १३ लाख ८५ हजार तीन सय ७५ रुपैयाँ विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य र पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।

बजेट व्यवस्थापनका श्रोतहरुमा आन्तरिक श्रोतबाट २० करोड ४४ लाख, केन्द्रिय सशर्त अनुदानबाट ५२ करोड ८५ लाख,वित्तिय समानिकरणतर्पm ३३ करोड ४४ लाख तथा प्रदेश अनुदानतर्पm पाँच करोड २९ लाख ५९ हजार ६ सय ९० रहेको छ ।

Comment


Related News

Latest News

Trending News