अपडेट 
२०७७ असार १३, शनिबार १३:५०

रौतहट। अफ्रिकी महादेशबाट पाकिस्तान तथा भारत प्रवेश गरेको सलहको झुण्ड नेपालमा पनि देखिएको छ ।

शनिवार बिहान बाराको निजगढ नगरपालिका, रौतहटको उत्तरी भेग तथा सर्लाही जिल्लामा सलहको झुण्ड देखिएको त्यहाँका स्थानीयले बताएका छन् ।

निजगढ नगरपालिकामा शनिवार बिहान सलह कीराको झुण्ड देखिएपछि कृषि ज्ञान केन्द्र बाराको टोलीले स्थलगत अध्ययन गरिरहेको छ ।

भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको झुण्ड देखा परेसँगै कृषि मन्त्रालयले नेपालमा पनि सलह भित्रिएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलका अनुसार सलह नै भएको पुष्टि भएपनि कुन प्रकारको हो भन्ने बारे अझै पुष्टि भएको छैन ।

सलहको झुण्डले बालीनाली खाएर सखाप पार्ने
निजगढका स्थानीयले बताएपछि केन्द्रको टोली अध्ययन गर्न आइपुगेको हो ।

निजगढ नगरपालिकाको विभिन्न क्षेत्रमा चार ओटा झुण्ड बनाएर सलह बसेको स्थानीयको दाबी छ ।भारतको उत्तर प्रदेशमा जेठको दोस्रो साता सलहको झुण्डले बालीनाली सखाप पारेको थियो ।

नेपालमा पनि देखा परेसँगै ​कृषि मन्त्रालयले सलहले पु¥याउन सक्ने क्षति र यो अवस्थासँग जुध्न के गर्ने भन्ने बारे शनिवार नै आकस्मिक बैठक बोलाएर छलफल गर्दै छ ।

Comment


Related News

Latest News

Trending News