अपडेट 
२०७७ असार १४, आईतवार ०८:५२

जनकपुरधाम ।कृषिमा व्यापक हानी पु¥याउने सलह किरा(फट्यांग्रा) दक्षिणी भेगबाट नेपालमा शनिवार बिहान प्रवेश गरेकोछ ।कृषिबालीलाई ठूलो क्षति पु¥याउने फट्यांग्रा नेपालमा प्रवेश नगर्ने कृषि विज्ञहरुले दावी गरेका थिए ।तर उनीहरुले प्रतिवेदन दिएको महिना नबित्दै फट्यांग्रा नेपालमा प्रवेश गरिसकेकोछ ।गत जेठ २४ गते कृषि विज्ञहरुले दिएको प्रतिवेदनमा यो वर्ष नेपालमा सलह किरा प्रवेश नगर्ने दावी गरेका थिए ।

भारतको बिहार हुदै धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा सहितका जिल्लाहरुमा प्रवेश गरेको छ ।बिहान ७ देखि ८ बजेको समयमा सलह किरा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

ठूलो बथानमा रहने सलह फट्याङग्राले एकै दिनमा धेरै बाली नष्ट गर्न सक्छ ।पश्चिम तर्फबाट चलेको हावाको बेगसँगै सलह किरा भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा आएको हो ।नेपालमा बथानमा अहिले सम्म सलह नदेखिएको बताइएकोछ ।

नेपालमा बथानमा प्रवेश गरेको सलह किरा अथवा फाटफुट आएको बारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएकोछ । यो फट्याङग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको बताइएकोछ । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो ।

भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि सलह फट्याङग्राको बथान प्रवेश गरेको थियो ।संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओका अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चार देखि आठ करोड फट्याङग्रा हुन्छन् ।

एक दिनमा फट्याङग्राहरु करिब १ सय ३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई २ छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News