२०७७ असार १४, आईतवार ०९:४६

काठमाण्डु। नेपालमा १ सय ६८ किलो तौल भएकी काठमाडौं निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।

काठमाण्डुको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा असार १० गते काठमाडौं कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन्।

वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ।

डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो।

Comment

Related News

Latest News

Trending News