अपडेट 
२०७७ असार १४, आईतवार ११:४१

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल धनुषाले शनिबार पनि नागरिक विधेयक विरुद्ध सडकमा प्रदर्शन गरेका
छन् ।

जसपा धनुषाले लगातार सातौ दिन जनकपुरधामको जनकचोकमा नागरिकता सम्बन्धि विधेयक विरुद्ध चक्काजाम गरेका छन् । जसपा धनुषाका नेता कार्यकर्ताले शनिबार दिउँसो जनकचोकमा एक घण्टा चक्काजाम गरेर संघीय सरकार विरुद्ध नाराबाजी गरे ।

प्रदेशसभा सदस्य अशोक यादवको विशेष उपस्थितिमा शनिबार गरिएको विरोध प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले नागरिकता विधेयकलाई मधेश विरोधी बताउँदै फिर्ता लिनुपर्ने माग गरे ।

नागरिकता विधेयक विरुद्ध आउँदो असार १६ गते जनकपुरधाममा हुने विरोध प्रदर्शन र सभालाई सफल पार्न सबैमा आव्हान समेत गरेका छन् ।नागरिकता बिधेयक बिरुद्धको आन्दोलनलाई सातौ दिन निरन्तरता दिइएको छ ।

जसपाका नेता कार्यकर्ताहरूले चक्काजाम गरि बिरोध प्रदर्शन गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।प्रदर्शनमा प्रदेश सदस्य शेषनारायण यादव, जिल्ला अध्यक्ष पशुपति यादव, सतिशचन्द्र लाल दास, बौद्धिक पेशाकर्मी महासङ्घका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कु यादवले संजय साह, विन्दु यादव ,विद्यार्थी नेता बलिराम कापरी, युवा नेता दिपु कापरी लगायत जसपाका केन्द्रिय, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News