अपडेट 
२०७७ असार १४, आईतवार ११:४७

रञ्जन यादव
जीतपुर ।
बाराको जितपुर सिमरा सार्वजनिक सरोकार समितिले सामुदायिक विद्यालय र निजी विद्यालयको बिचमा छलफलको आयोजना गरेको छ ।

छलफलमा कोरोना भाइरस महामारीले अभिभावकको आर्थिक अवस्था कमजोर भइरहेको बेला विद्यालयहरुले कक्षा सञ्चालन नभएको अवधिको शुल्क नलिने र सामुदायिक विद्यालयहरूले अभिभावकबाट सहयोग स्वरुप कुनै रकम नलिने सहमती भएको छ ।

सरोकार समितिका संयोजक मनोज पौडेलको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा जनता मावि रजघट्टाका प्रअ राजु अधिकारी, नेरामाबि सिमराका अध्यक्ष राजेन्द्र गौतम, एन प्याब्सनका बारा अध्यक्ष रामप्रसाद अधिकारी, प्याब्सनका बारा अध्यक्ष हरीदेब खरेल, नेरामाबि बकुलियाका अध्यक्ष हरिनारायण चौधरी, फकिरा गिरी राजेश्वर गिरी माबिका अध्यक्ष राजु सिंह, नेरामाबि पथलैयाका प्र अ शम्भु मण्डल,नेरामाबि छाता पिपराका प्रअ पिताम्बर चौधरी, नेरामाबि सिमराका सहायक प्रअ अच्युत देव सिटौला, सरोकार समितिका सदस्यहरु कर्ण थापा,पेसल मुल्मी, बिदुर खडका,उद्धव अधिकारी, राज मडी बराल, सारदा पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News