अपडेट 
२०७७ असार १४, आईतवार १२:०३

जनकपुरधाम । तरुण दल जनकपुरधाम नगर कार्य समितिले शनिबार नागरिकता ऐन संशोधन विधेयक विरुद्ध विरोध प्रर्दशन गरेको छ । जनकपुरको जनक चोकबाट निस्केको सिटी जुलुश शिव चोक हुंदै भानु चोकमा गई कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै वतmाहरुले नागरिकता ऐन संशोधन बिधेयक खारेज गर्नुपर्ने मांग गरे । वतmाहरुले विधेयकले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताउंदै सात वर्षे प्रावधानले नेपाली बुहारीहरुमाथि अन्याय हुने कुरामा जोड दिए । उनीहरुले संशोधन विधेयकले नेपाली बुहारीहरुमाथि राजनीतिक,आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरे ।

तरुण दल जनकपुरधाम नगर समितिका सभापति पंकज महतोको अगुवाईमा भएको सो कोण सभामा आशुतोष झा नविन , सुभाष पाठक , ममता महतो , बिनय यादव , कपिलदेव यादव , संजिव यादव , संजय कर्ण , उदित मिश्र लगायतका वतmाहरुले आआफनो धारणा राखेका थिए ।

सिटी जुलुशमा तरुण दल धनुषाका संस्थापक सभापति ललन चौधरी , उपसभापति शम्भुनाथ झा , तरुण दल धनुषाका कोषाध्यक्ष अन्जनी झा(मुन्ना) सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News