अपडेट 
२०७७ असार १४, आईतवार १४:००

दाङ । तुल्सिपुर उपमहानगरपालिका १८ मसिना बस्ने लोकमान बिकको ४ वर्षीय छोरा आरएन बिकको सोही ठाउँस्थित कटुवाखोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

अभिभावकको लापरवाहीका कारण खोलामा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

त्यसै गरी बाख्रा चराउने क्रममा चिप्लीएर खोलामा पुग्दा ८ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका २ सिक्टा नहरमा डुबेर सोही गाउँपालिका अम्रहवा बस्ने भुपेन्द्र सारु मगरकी ८ वर्षीया छोरी करिष्मा सारु मगरको मृत्यु भएको छ ।

यता जुम्लाको चन्दननाथ नगरपालिका १ तलिचौर बस्ने २२ वर्षीय प्रदेश मल्लको सोही ठाउँस्थित तिला नदीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News