अपडेट 
२०७७ असार १५, सोमबार ००:०१

काठमाण्डु । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशन र अधिवेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गतेसम्म नै काठमाडौँमा गर्ने र अन्य अधिवेशनका तालिकामा सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समितिको आगामी बैठकले पारित गर्ने पार्टी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News