अपडेट 
२०७७ असार १५, सोमबार ०८:४६

जनकपुरधाम । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको प्रहरी टोलीले महोत्तरीको मनरा सिस्वा नगरपालिका २ भलुई चौकबाट १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेका उनीहरुलाई अवधै रकमसहित पक्राउ गरेको हो । ज.११प ८१०८ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००३प ४०९७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा यो रकम बरामद भएको कार्यालयका प्रबक्ता एवं डिएसपी मकेन्द्र मिश्रले बताए ।

८१०८ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका २ बस्ने १९ बर्षीय रोहित कुमार साहको साथबाट ९ लाख रुपैयाँ, पछाडि सबार २७ बर्षीय जय कुमार साहको साथबाट ५ लाख ५० हजार र ४०८७ नम्बरको मोटरसाइकलमा सबार २२ बर्षीय संजय कुमार साहको साथबाट ३ लाख ५० हजार गरी १८ लाख रुपैयाँ बरामद भएको छ ।

ती रकमसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News