अपडेट 
२०७७ असार १५, सोमबार ०८:५५

राजेन्द्र यादव
जनकपुरधाम
।संघीय सरकारले नागरिकता सम्बन्धी संशोधन विधेयकमा वैबाहिक अंगीकृत नागरिमतामा विदेशी महिलाका लागि राखिएको ७ वर्षे व्यवस्थाको बिरोधमा प्रदर्शनगर्दै आएको जनता समाजवादी पार्टी(जसपा)ले सशक्त प्रदर्शन गर्न थालेका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा आइतवार भएको प्रदर्शनमा संघीय सांसद प्रमोद कुमार साह, प्रदेश सांसद राम अशिष यादव, नेताहरु शेषनारायण यादव, समाजवादी पार्टी धनुषा समन्वय समितिका अध्यक्ष पशुपति यादव, सचिव घनश्याम यादव, मनोज कुमार चौधरी, रामविनोेद चौधरी, बिन्दु यादव, विभा ठाकुरको सहभागिता रहेको थियो ।

जनक चोकमा १ घण्टा सम्म सडक अबरुद्धगरि भएको प्रदर्शनमा युवा नेताहरु धर्मेन्द्र साह, ज्ञानेन्द्र झा, कामेश्वर झा लगायतको सहभागिता थियो ।

जसपाले असार १६ गते देशको सबै जिल्ला सदरमुकाम र प्रमुख सहरहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकोछ ।‘राष्ट्र व्यापी विरोध प्रदर्शनको तयारीमा हामी जुटेका छौ’ नेता शेषनारायण यादवले भने, नागरिकता सम्बन्धी विभेदकारी बिधेयकमा राखिएको ७ वर्षिय प्रावधान खारेज नभए सम्म आन्दोलन जारी रहनेछ ।

Comment


Related News

Latest News

Trending News