अपडेट 
२०७७ असार १५, सोमबार ०९:१४

काठमाण्डु ।राष्ट्रवादको नाउँमा एकपछि अर्को अस्त्र प्रयोगगर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार ‘व्रम्हास्त्र’ चलाएका छन् ।प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर नक्शा छापेवापत भारतले हटाउन खोजेको आरोप लगाउँदै त्यमा आफ्नै देशका केहि नेताहरु समेत संलग्न रहेको बताएका छन् ।

जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा आइतवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्री फेरिन्छ भनेर कसैले हतारो गर्न वा कुनै आग्रह राख्न आवश्यक नभएको जनाए ।

    ‘मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले रहेको छैन् ’उनले भने,  ‘नेपालको राष्ट्रियता यति कमजोर छैन , नक्शा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन ।’ उनले भने, अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन ।’

‘जननेता भण्डारीको विचारबाट निर्देशित हाम्रो पार्टी र संसदीय दल यति कुरा नबुझ्ने खालको छैन’ उनले भने, म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो ।

पार्टीको स्थायी कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले एमसीसी पारित गराउने संभावना कमजोर बन्दै गएकोबेला भारत विरुद्ध चर्का भाषण दिएर ‘राष्ट्रवादी’को नयाँ अस्त्र प्रहार गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले हालै संघीय संसदमा पेश गरेको नागरिकता सम्बन्धी संशोधन विधेयकमा बैबाहिक अंगीकृत नागरिकताका लागि नेपाली पुरुषसित विबाह गरेकी विदेशी महिलाले ७ वर्ष निरन्तर नेपालमा बसोबास गरेको प्रावधान बिरुद्ध विपक्षी दल जनता समाजवादी पार्टीले देश व्यापी विरोध प्रदर्शनमा उत्रेकोछ ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसपनि सो विधेयकको विपक्षमा रहेकोछ ।

‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ’ उनले भने, ‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने केपी ओलीलाई ‘. दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के–के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधि र दूतावासको सक्रियताले पनि देखाउँछ ।’

Comment


Related News

Latest News

Trending News