अपडेट 
२०७७ असार १५, सोमबार १०:०५

जनकपुरधाम । प्रदेश २ का सांसदले आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटनाबारे छानबिन गर्ने भएका छन् ।

आईतबार बसेको प्रदेश सभा बैठकले १६ बर्षीय राजुको मृत्यु सम्बन्धमा अध्ययन गर्न विशेष समिति बनाएको छ । समितिमा नेकपाका सांसद रबीन्द्र बैठा, जनता समाजवादीकी चमेली देवी दास र सुरिता कुमारी साह, कांग्रेसका नरेश कुमार यादव र संघीय समाजवादीका सांसद सावित्री देवी साह छन् ।

समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधी आफैं तयार पार्नेछन् । उनीहरुले राजु मृत्यु सम्बन्धी विज्ञहरुसँग कुराकानी र छलफलसहित अन्य व्यक्ति, निकाय वा पदाधिकारीसँग समेत छलफल गरी प्रतिवेदन तयार पार्नेछन् ।

समितिलाई ५ दिनको समयावधी दिइएको छ ।

गत असार ९ गते प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलनमा छटपटिएर राजुको मृत्यु भएको थियो । पखाला लागेका उनलाई जीवन जल समेत नदिएका कारण उनको छटपटिएर मृत्यु भएको उनको परिवारले बताउँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News