अपडेट 
२०७७ असार १५, सोमबार ११:२२

जनकपुरधाम । नेपाल महिला संघ धनुषाले आईतवार नागरिकता विधेयक विरुद्ध जनकपुरमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयबाट निस्केको विरोध प्रदर्शन मुरली चोक, राम चोक हुंदै जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वतmाहरुले नागरिकता ऐन संशोधन बिधेयक खारेज गर्नुपर्ने मांग गरे ।

वतmाहरुले विधेयकले नेपाल र भारतबीचको सम्बन्धमा नकारात्मक असर पर्ने बताउँदै सात वर्षे प्रावधानले नेपाली बुहारीहरुमाथि अन्याय हुने तर्क गरे । उनीहरुले संशोधन विधेयकले नेपाली बुहारीहरुमाथि राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरे ।

नेपाल महिला संघ धनुषा उपाध्यक्ष सुनिता सिंहको अगुवाईमा भएको सो कोण सभामा महिला नेतृ अनिता श्रीवास्तव , निलम कर्ण , सम्झना वर्मा , सहितका वतmाहरुले आ—आफनो धारणा राखेका थिए ।

विरोध जुलुशमा नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , सचिव विशेश्वर यादव , धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैयालाल कर्ण, जनकपुरधाम नगर सभापति एवम् जनकपुरधाम उपमहानगरपालिका मेयरका प्रत्यासी मनोज साह ,प्रफुल्लराज घिमिरे , गणेश तिवारी ,नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रवेश चौधरी , नेपाली कांग्रेस महिला नेतृहरु सरस्वती मंडल , गीता भण्डारी , किरण झा , सिता श्रेष्ठ, रिंकु साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News