अपडेट 
२०७७ असार १५, सोमबार ११:५४

जनकपुरधाम । प्रदेश २ को भूमी, व्यवस्था, कृषि तथा सहकारी सरकारले सलह किरालाई लिएर बढी संशय र चिन्ता नगर्न किसानसँग आग्रह गरेको छ ।

मन्त्री शैलेन्द्र साहले प्रेस बिज्ञप्ती जारी गर्दै किराले पु¥याउने हानी नोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानसँग आग्रह गरेका हुन् ।

‘यी किरालाई बालीनाली र रुख बिरुवा भएका क्षेत्रबाट धपाएर चरण क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कन किसान दाजुभाइ दिदीबहिनीहरूको ध्यानाकृष्ट गराउन चाहन्छु’ मन्त्री साहले जारी गरेको बिज्ञप्तीमा बताएका छन् ।

अहिले किराको संख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको र प्रदेश २ मा मनसुन सुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको मन्त्री साहले बताएका छन् । ‘मरुभूमि क्षेत्रमा यसको प्रकोप बढी हुने हुँदा नेपालमा भने यसको वृद्धि त्यतिसारो नहुने विज्ञको धारणा छ’ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सलह किराको नेपाल प्रवेश भएको सूचना प्राप्त हुनासाथ यस कीराको उपस्थिति देखिएको क्षेत्रमा मन्त्रालयका सचिव डा.विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकसहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानहरूसँग अन्तक्र्रिया गरेको बिज्ञप्तीमा जनाइएको छ ।

त्यस क्रममा मन्त्रालयले सलह किरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता जनाएको मन्त्री साहले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News