अपडेट 
२०७७ असार १५, सोमबार १२:१४

काठमाण्डु। सर्लाहीको धनकौल गाउँपालिकामा आइतबार नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपका क्रममा गोली चलेको छ। गोलीको छर्रा लागेर केही मानिस घाइते भएका छन्।

सर्लाहीका प्रहरी प्रमुख, एसपी विश्वमणी पोखरेलले गोली चलेको पुष्टि गर्दै कसले गोली चलाएको भन्ने बारे अनुसन्धान भइरहेको बताए। “झडपका क्रममा १८ जना मानिस घाइते भएका छन्”, उनले देखापढीसँग भने, “केहीलाई गोलीको छर्रा लागेर घाइते भएका हुन्।”

एक साताअघि सर्लाहीको रामनगर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएको थियो। उक्त घटनाको विरोधमा आइतबार विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो। सोही क्रममा धनकौलमा प्रदर्शनका क्रममा झडप भएको प्रहरीले जनाएको छ।

नेकपा र कांग्रेसका कार्यकर्ताले गोली एक अर्काले चलाएको आरोप लगाएका छन्। प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको छ। “आइतबार साँझ केही असहज स्थिति बनेको थियो”, एसपी पोखरेलले भने “अहिले स्थिति सामान्य भइसकेको छ।”

Comment


Related News

Latest News

Trending News